काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २६ गते २० अर्ब बराबरको चौध दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखिए पछि बैंकले रिपो मार्फत १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो ।
राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै चैत १० गते परिपक्व हुने गरी १० अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।
बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ ।