काठमाडौं । शेयर बजारका १ सय ७१ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । बुधबार भएको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ३०.२९ अंकले घट्दा बजारमा सो संख्यामा कम्पनीको मूल्यमा गिरावट आएको हो । कारोबारसँगै बजार परिसूचक २ हजार ५ सय १४ दशमलव ६५ को विन्दुमा झरेको छ ।
आज बजारमा १ सय ९२ कम्पनीको शेयर कारोबार २ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर भएको थियो । त्यसमध्ये १९ कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज बजारमा ब्यापारमूलक कम्पनी समूहको उपसूचकमा भारी गिरावट आएको छ । यद्यपि सबै उपसूचककमा कारोबार आज घटेका छन् ।