काठमाडौं । एसईईमा १४ वर्षीय प्रावधान हटेको छ । यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने परीक्षार्र्थीको उमेर हद लागु नहुने भएको हो ।
अहिलेसम्म एसईई परीक्षा दिनको लागि १४ वर्ष पुरा हुनुपर्ने व्यवस्था रहेको थियो तर अब एसईईमा नभइ कक्षा १२ को परीक्षा दिनको लागि उमेर हद लागु गरिएको छ ।