images
images

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि ४ करोड 


  • 481
    SHARES
  • २०७८ फाल्गुण २५ गते बुधबार

    मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि ४ करोड 


    काठमाडौं ।  गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

    भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल ४ करोड रुपैयाँ रकम स्वीकृत गरेको हो । पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि ४ करोड रुपैयाँ तत्काललाई विनियोजन गरे पनि बाँकी ७ करोड रुपैयाँ रकम पनि यही आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए ।
     
    प्रदेशसभा सदस्य दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो । मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियोजित रकमबाट काम हुने दुलालको भनाइ छ ।


    images
    images

    Logo