काठमाडौं । कच्चा तेलको मुल्य प्रतिब्यारेल ३ सय सम्म पुग्न सक्ने चेतावनी दिएको छ । पश्चिमी देशहरुले रुस माथि तेलको प्रतिबन्ध लगाएपछि तेलको मुल्य व्यापक रुपले बढदै जाने चेतावनी दिएका छन् । अन्तराष्ट्रिय बजारमा प्रतिब्यारेल ३ सय डलरसम्म पुग्न सक्ने रुसले चेतावनी दिएको छ ।
रुस रयुक्रेन द्धन्द्ध लम्बिँदै जाने हो भने आउँदा दिनमा मूल्यवृद्धि थप अकासिने र विश्वअर्थतन्त्र झनै नराम्रो अवस्थामा पुग्न सक्ने विज्ञहरूको भनाइ छ ।
युक्रेनमाथि आक्रमण गरेको भन्दै पश्चिमा देशहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । त्यस कारणले गर्दा कच्चा तेलको मुल्यमा बृद्धि गएको हो ।
यसअघि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको थियो। रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने भएकाले इन्धन बजार प्रभावित भएको हो। पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ता पनि प्रत्यक्ष प्रभावित भएका छन्।



