images
images

विश्व मृगौला दिवसका अवसरमा निशुुल्क मृगाैला जाँच शिविर हुँदै


  • 1.7K
    SHARES
  • २०७८ फाल्गुण २४ गते मंगलबार

    विश्व मृगौला दिवसका अवसरमा  निशुुल्क  मृगाैला जाँच शिविर हुँदै

    काठमाडौं । विश्व मृगौला दिवसको अबसर पारेर यहि फागुन २६ गते मृगौला जाँच सम्वन्धि निशुुल्क स्वास्थ्य शिविर हुने भएको छ । आरोग्य मल्टिस्पेसियल्टी अस्पताल र आरोग्य किड्नि सेन्ट्ररको संयुक्त आयोजनमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हाे । शिविरमा मृगौला सम्वन्धि बरिष्ठ नेफ्रोलोजिष्टद्धारा निशुल्क ओपीडी सेवा तथा परार्मश, निशुल्क पिसाव जाँच गरिने बचाइएको छ ।

    आरोग्य मल्टिस्पेसियल्टी अस्पतालका अध्यक्ष राकेश श्रेष्ठका अनुसार निजी अस्पताल मध्ये भक्तपुर जिल्लामै पहिलो पटक सम्पुर्ण मृगौला सम्बन्धि अत्याधुनिक सुबिधा सहित बरिष्ठ नेफ्रोलोजिष्टको प्रत्यक्ष निरागनीमा स्थापना भएको आरोग्य किड्नि सेन्ट्ररमा हरेक दिन हेमोडायलाडसिस् र आइसियु डायलाडसिस् सेवा समेत सञ्चालनमा रहेको छ ।

    यही बर्षको चैत महिना भित्र नेपाल सरकारबाट विपन्न नागरिकलाई दिने निशुल्क डायलाडसिस् सेवा समेत सञ्चालन गर्न लागेको अध्यक्ष श्रेष्ठ बताउछन् । श्रेष्ठका अनुसार निशुल्क डायलाडसिस् सेवा मार्फत हरेक दिन ४० जना मृगौला फेल भएका विरामीहरुले उच्च स्तरीय स्वास्थ्य सेवा लिने छन् ।


    images
    images

    Logo