images
images

यातायात कार्यालयमा मन्त्रीको छड्के, कर्मचारीसँग 'अन द स्पट' प्रष्टीकरण


  • 442
    SHARES
  • २०७८ फाल्गुण २३ गते सोमबार

    यातायात कार्यालयमा मन्त्रीको छड्के,  कर्मचारीसँग 'अन द स्पट' प्रष्टीकरण

    काठमाडाैं । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतlपत्रसँग श्रम रोजगार तथा यातायातले स्पष्टीकरण सोधेको छ । सेवाग्राही र मिडियाले गुनासोलाई सम्बोधन गर्दै यातायात मन्त्रीसहितको टोलीले अन द स्पट कार्यालयमा पुगेर स्पष्टीकरण सोधेको हो ।

    श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालसहितको टोलीले लाइसेन्स वितरण, नवीकरण र स्मार्ट लाइसेन्सको भेरिफाइ र सवारी साधानको ट्रयालमा देखिएको समस्या बारेमा आएका गुनासोको बारे कर्मचारीहरुलाई स्पष्टीकरण सोधेका थिए ।

     सो अवसरमा बोल्दै मन्त्री दाहालले सार्वजनिक बिदाको दिनमा समेत सवारी साधानको ट्रयाल सुरु गर्न निर्देशन दिएका छन् ।

    लाइसेन्स लिनका निवेदन दिने धेरै हुनुहुँदो रहेछ, जनताका गुनासा समेत धेरै आए मन्त्री दाहालले भने, कर्मचारीलाई समेत लोक सेवाले दिने सुविधा अनुसार सुविधा व्यवस्था मिलाएका छौँ । यसअघि गएको गतमाघ महिना मात्र स्थलगत निरीक्षण गरेका थिए । 

    सो अवसरमा उनले जनगुनासो आए आफैँ उपस्थित भएर कारबाही गर्ने चेतावनी दिएका थिए । आफु यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउँदै उनले आफुहरु आएर निर्देशन दिदाँ समेत सुधार नआएपछि मिडिया र जनताहरुको गुनासोलाई सम्बोधन गर्दै अन द स्पोट कर्मचारीहरुसँग स्पष्टीकरण र कार्वाही सुरु गरेको बताए । सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरु  छिटै हल हुने उनले बताए।

    सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायताको समस्या हल गर्न डिजिटल प्राणलीलाई थप प्रभावकारी बनाउने बताए । कर्मचारी सेवा सुविधा दिने व्यवस्था निर्णय भएर राजपत्रमा प्रकाशित भएसगैँ लागु भएपछि समस्याहरु हल हुने उनले दावी गरे । 


    images
    images

    Logo