images
images

राजस्व चुहावट गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर 


  • 491
    SHARES
  • २०७८ फाल्गुण २३ गते सोमबार

    राजस्व चुहावट गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर 

    राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 

    विभागका अनुसार यसरी राजस्व चुहावटको अभियोग लागेकामा पर्सा घर भई हाल काठमाडौ कपन बस्ने सन्तोष चन्द्र वख्रेल, काठमाडौंको मुलपानी बस्ने शैलेस पन्त, पर्सा घर भई हाल काठमाडौं हाडीगाँउ कस्ने रविन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडैंको सरस्वतीनगर बस्ने नारायण प्रसाद घिमिरे विरुद्ध मुद्दा दायर गरेको हो 

    प्रतिवादीहरुले अन्तःशुल्क सम्बन्धि नियम विपरित काम गरि राजस्व चुहावट गरेको साथै प्रतिवादीहरुले भंसार एनमा तोकेको वाटो वाहेक अन्यत्रबाट पैठारी गरी साथै भन्सार महसुल नतिरी चोरी पैठारी कसूर गरि भन्सार छलि राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

    विभागले आरोपी ४ जनाविरुद्ध  ४ करोड ४६ लाख रुपैयाँ बराबरको बिगो कायम गरी विगोको शत प्रतिशत जरिवाना तथा हदैसम्मको कैद सजाय हुन माग दावी लिइ यही फगुन २२ गते मुद्दा दायर गरेको  प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।


    images
    images

    Logo