images
images

फेरी ११ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 450
    SHARES
  • २०७८ फाल्गुण २३ गते सोमबार

    फेरी ११ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १ हजार १ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ३ अजार रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ९ सयमा कारोबार भएको सुन आज १ हजार १ सय रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुन आज प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमामा कारोबार भएको महासंघले जनाएको छ । 

    त्यसैगरि, चाँदीमा प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबार १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    images
    images

    Logo