काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कटौती गरेको छ । आइतबार एक सुचना जारी गदैँ केन्दीय बैंकले सुन आयातमा कटौती गदैं दैनिक १० किलो तोकिएको छ । यस अघि इजाजत प्राप्त बाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्ने पाउँथे ।
रेमिट्यान्स घट्ने र आयात बढ्ने कारणले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुनको आयातका कडाइ गरिएको राष्ट्र बैंकको दाबी छ । सुन आयातको कोटा कटौतीको परिपत्र नेपाल राष्ट्र बैंकबाट प्राप्त भएको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएको छ ।