काठमाडौं । अज्ञात समूहको गोली प्रहारबाट जनकपुरमा एक युवक घाइते भएका छन् । जनकपुरको बेंगा शिवपुरमा बस्ने मुकेश मुखियालाई गए राति गोली प्रहार भएको हो ।
मुकेश आफ्नो मामा भोगी मुखियाको किरना पसलामा ५/७ जनाको समुहमा बसेर गफ गरिरहेको अवस्थामा उनलाई गोली प्रहार गरिएको थियो । उनलाई गफ गरिरहेको बेलामा एक्कासी गोली प्रहार हुदा उक्त गोली चिउँडोमा लागेर घाँटीभित्र अड्किएको छ ।
उनलाई उपचारका लागि राति काठमाडौं ल्याइएको छ । मुकेशलाई गोली प्रहार गर्ने युवक भने अहिले फरार छन् । सो बन्दुक भने घटनास्थलबाट प्रहरीले बरामद गरेको छ ।