images
images

गृह मन्त्रालयले भन्यो, "सार्वजनिक बिदा थपिएको समाचार भ्रामक हो"


  • 1.7K
    SHARES
  • २०७८ फाल्गुण २० गते शुक्रबार

    गृह मन्त्रालयले भन्यो, "सार्वजनिक बिदा थपिएको समाचार भ्रामक हो"

    काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदा थपिएको समाचार भ्रामक रहेको उल्लेख गरेको छ । शुक्रबार विज्ञप्ती जारी गदै उक्त भ्रामक समाचार प्रति गृह मन्त्रालयले ध्यानाकर्षण गराएको हो । 

    विगत केही दिन देखि विभिन्न सञ्चार माध्यमबाट विक्रम संवत २०७९ सालमा दिइने सार्वजनिक विदाका सम्बन्धमा प्रकाशन भएका भ्रामक समाचारहरु प्रति मन्त्रालयले ध्यानाकर्षण गराएको छ । 

    सबै सरकारी कार्यलय तथा सार्वजानिक निकाएको लागि दिइने सार्वजनिक विदाका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार नेपाल राजपत्रमा सुचना प्रकाशित गरिने हुँदा उक्त राजपत्रमा प्रकाशित सार्वजानिक विदा नै आधिकारिक हुने मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयले त्येस्ता भ्रामक कपोपल्पित समाचार प्रति विश्वास नगर्न समेत आग्रह गरेको छ । 

    holiday.jpg


    images
    images

    Logo