images
images

पल–समीक्षा काण्डमा ४६ वटा ‘मिडिया’लाई कारबाही 


  • 553
    SHARES
  • २०७८ फाल्गुण २० गते शुक्रबार

    पल–समीक्षा काण्डमा ४६ वटा ‘मिडिया’लाई कारबाही 

    काठमाडौं । पल शाह र समीक्षा अधिकारी काण्डबारे अफबाह फैलाउने ४६ वटा मिडिया कारबाहीमा परेका छन् । प्रेस काउन्सिल र सूचना विभागमा दर्ता भएका र नभएका समेत गरी ती मिडियाहरुलाई कारबाही गरिएको हो । यसरी कारबाहीमा पर्नेमा १६ वटा युबट्युब च्यानल, १० बटा दर्ता नभएका न्यूज पोर्टल र २२ वटा दर्ता भएका न्यूज पोर्टल रहेका छन् । 

    प्रेस काउन्सिल नेपालले १६ वटा युबट्युब च्यानललाई कारबाही गर्न प्रहरीको साइबर ब्युरोलाई सिफारिस गरेको छ । कुनै पनि मिडिया अन्तर्गत आवद्ध नभएका त्यस्ता च्यानललाई कारबाही गर्न काउन्सिलले प्रहरीलाई पत्र लेखेको हो । 

    त्यस्तै, सूचना तथा प्रसारण विभागमा दर्ता नभएका १० वटा पोर्टललाई काउन्सिलले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ । 

    त्यस्तै, दर्ता भएका २२ अनलाइनलाई मिडियालाई सचेत गराइएको छ ।    


    images
    images

    Logo