images
images

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ, चार लाख बरामद


  • 908
    SHARES
  • २०७८ फाल्गुण २० गते शुक्रबार

    कौडा खेलिरहेको अवस्थामा  १३ जना पक्राउ, चार लाख बरामद

    काठमाडौं । काठमाडौंको बौद्धमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग कपनबाट गएको प्रहरी टोलीले बौद्ध रामहिटी नजिकको घरबाट २ जना महिलासहित १३ जना मानिसलाई पक्राउ गरेको हो । 

    उनीहरुको साथबाट ३ लाख ९७ हजार रुपैयाँ नगद १९ दाना कौडा र मोबाइल सेटहरु बरामद गरिएको छ । पक्राउ पर्नेहरुमा सोही स्थानमा बस्ने रामहिटी बस्ने ७२ वर्षीय प्रेमबहादुर भण्डारी, जडिबुटी बस्ने ५२ वर्षीय सन्तोष श्रेष्ठ, पेप्सिकोला बस्ने ५५ वर्षीय निरकुमार शर्मा,  चुच्चेपाटी बस्ने ४८ वर्षीय रेशमबहादुर तामाङ, नयाँबस्ती बस्ने ६३ वर्षीय नकुल राई छन् । 

    त्यस्तै, सरस्वतीनगर बस्ने ४१ वर्षीय भोला लिम्बु, चाबहिल बस्ने ४९ वर्षीय रिठे भुजेल, बुढानीलकण्ठ बस्ने ५० वर्षीय हरिसुन्दर खड्का र ४१ वर्षीय दीपक केसी, तीनचुली बस्ने ४३ वर्षीय नैनकुमार लामा र ४० वर्षीय अनिल लामा छन् । 

    पक्राउ पर्ने महिलाहरुमा सामाखुसी ३८ वर्षीय कमला सिंह र सामाखुसी बस्ने ३० वर्षीय शारदा सिंह रहेका छन् । 


    images
    images

    Logo