images
images

सरकारले भाडा नबढाए यातायात व्यवसायीले आफैँ बढाउने


  • 792
    SHARES
  • २०७८ फाल्गुण २० गते शुक्रबार

    सरकारले भाडा नबढाए यातायात व्यवसायीले आफैँ बढाउने

    काठमाडौं । नेपाल सरकारले लगातार पेट्रोलियम पदार्थको मुल्य बढापछि गाडी भाडाको मुल्य समायोजन नगरे व्यवसायीहरुले आफैँ गाडीभाडा बढाउने चेतावनी दिएका छन् । 

    डिजेल/पेट्रोलको मुल्यमा वृद्धि हुने क्रम चलिरहँदा यातायात व्यवसायीहरुले  गाडी भाडाको मुल्य समायोजन गर्न माग गरेका हुन् । सरकारले बिहीबार मात्रै पेट्रोलियम पद्धार्थको मुल्य ५/५ रुपैयाँ वृद्धि गरेको थियो ।  यस पटक मुल्य वृद्धि हुँदा पेट्रोल प्रतिलिटर १ सय ५० रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ३३ रुपैयाँ पुगेको छ ।   

    गत असारमा भाडादर समायोजन हुँदा प्रतिलिटर पेट्रोल १ सय २५ रुपैयाँ  र डिजेल १ सय ८ रुपैयाँ थियो । अहिले यस्तो मूल्य क्रमश: १५० रुपैयाँ र १३३ रुपैयाँ पुगेको छ । इन्धनको बढ्दो मूल्यका कारण भाडादर समायोजन गर्नैपर्ने अवस्थामा रहेको भन्दै नत्र आफैँ भाडा बढाउने उनीहरुले चेतावनी दिएका छन् ।


    images
    images

    Logo