images
images

एक वाणिज्य बैंकसहित ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 627
    SHARES
  • २०७८ फाल्गुण १८ गते बुधबार

    एक वाणिज्य बैंकसहित ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । एक वाणिज्य बैंकसहित ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार सेन्चुरी कर्मशियल बैंक, सुर्या लाईफ इन्स्योरेन्स र प्रिमियम इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सेन्चुरी कर्मशियल बैंकको ५.७५ प्रतिशत बोनस बराबरको ५१ लाख ९४ हजार ७ सय ९६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    त्यस्तै, सुर्या लाईफ इन्स्योरेन्सको १२.७० प्रतिशत बोनस बराबरको २८ लाख ७३ हजार ८ सय ७६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । भने प्रिमियम इन्स्योरेन्सको १४.२५ प्रतिशत बोनस बराबरको १५ लाख ३१ हजार २ सय ४८ कित्ता बराबरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।


    images
    images

    Logo