images
images

३ बैंकको ६ करोड ३३ लाख कित्ता बोनश शेयर नेप्सेमा सुचीकृत


  • 648
    SHARES
  • २०७८ फाल्गुण १५ गते आइतबार

    ३ बैंकको ६ करोड ३३ लाख कित्ता बोनश शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । तीन वाणिज्य बैंकको ६ करोड ३३ लाख ३३ हजार ९ सय ९५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्शियल बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।

    कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयर बराबरको २ करोड १९ लाख ७९ हजार ८ सय ५९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सिद्धार्थ बैंकको १४.२५ प्रतिशत बोनस शेयर बराबरको १ करोड ५६ लाख २१ हजार २ सय ७६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    त्यस्तै, प्राइम कमर्शियल बैंकको १६ प्रतिशत बोनस शेयर बराबरको २ करोड ९७ लाख ३२ हजार ८ सय ५९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 


    images
    images

    Logo