काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको साधारण शेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।
फागुन ११ गते कम्पनीले ८ लाख २८ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको थियो । उक्त शेयरमध्ये यसमध्ये १२ हजार ७ सय कित्ता कर्मचारी र ४१ हजार ४ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ ।
संस्थाका कर्मचारी र सामुहिक लगानी कोषका बाहेक यो शेयर ७७ हजार ४ सय जनालाई वितरण गर्न पर्याप्त हुन्छ उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
लघुवित्तको हाल चुक्ता पूँजी १७ करोड २१ लाख रुपैयाँ रहेको छ । आईपीओ वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ ।



