काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
उक्त लाभांश बीमा समितिबाट स्वीकृत भइ यस कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।