images
images

बलेफी हाइड्रोपावरको आईपीओ भर्ने समय थपियाे, कति जनाले पाउँछन् यो आईपीओ ?


  • 576
    SHARES
  • २०७८ फाल्गुण १२ गते बिहीबार

    बलेफी हाइड्रोपावरको आईपीओ भर्ने समय थपियाे, कति जनाले पाउँछन् यो आईपीओ ?

    काठमाडौं । बलेफी हाइड्रोपावरको साधारण शेयर (आईपीओ) भर्ने समय थप गरिएकाे छ । माघ २७ गते बलेफीले १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन गरेको थियो । साे आईपीओ माग बमाेजिम दरखास्त नपरेकाले आवेदन दिने समय थप गिरएकाे हाे ।

    उक्त आईपीओमा अब फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो आईपीओमा न्युनतम १ सय कित्ता देखि १ लाख कित्ता सम्म आवेदन दिन सकिनेछ ।

    कम्पनीले निष्काशन गरेको शेयरमध्ये आयोजना निर्माणस्थल सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २, ३ र ४ का स्थानीयवासीका लागि ६० प्रतिशत र जुगल गाउँपालिकाकै वडा नं ५ र ७ तथा बफेली गाउँपालिकाके वडा नं १, ३, ६ र ७ का प्रसारण लाइन प्रभावित ४० प्रतिशत समेत गरी उक्त शेयर बिक्री गर्न लागिएको छ । 

    हाइड्रोपावरले निष्काशन गर्न लागेको १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर प्रतिव्यक्ती १० कित्ताका दरले वितरण गर्दा १ लाख ८२ हजार ७ सय ९७ जनालाई वितरण गर्न पर्याप्त हुनेछ ।

     उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । 

     


    images
    images

    Logo