काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा बैंकको २ लाख १९ हजार कित्ता बोनस शेयर सुचिकृत भएको छ । गुहेश्वरी मर्चेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैंककोको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
गुहेश्वरी मर्चेन्ट बैंकको १० प्रतिशत बोनस शेयर वापतको ८ लाख ६४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस शेयर बापदको १० लाख ६० हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।
दुवै बैंकको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।



