काठमाडौं । पाँचथर पावर कम्पनीको शेयरको लकइन पिरियड यही फागुन २३ गते सकिने भएको छ । सो कम्पनीले शेयर जारी गरेको ३ वर्ष पूरा भएसँगै लकइन पिरियड सकिन लागेको हो । योसँगै अब कम्पनीका संस्थापक, कर्मचारी तथा स्थानीयवासीका शेयर समेत दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।
कम्पनीको ७८ लाख ८४ हजार ३ सय ४८ कित्ता शेयर दोस्रो बजारमा कारोबार सुरु हुन लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको दरले यो ७८ करोड रुपैयाँ बराबरको शेयर हो ।