images
images

करिब ४९ हजारले  पाउने राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट भोलि


  • 595
    SHARES
  • २०७८ फाल्गुण ११ गते बुधबार

    करिब ४९ हजारले  पाउने राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट भोलि

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार बिहीबार  दिउँसो ३ बजे लघुवित्तको आईपीओ बाँडफाँट गरिने क्यापिटलले जनाएको छ ।

    लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २६ लाख २६ हजार ९० जना आवेदकले ३ करोड ४ लाख ३१ हजार ३सय ७० कित्ता शेयरका लागि आवेदन दिएका थिए यो माग भन्दा ३८ गुणाले बढी हो । 
    सो लघुवित्तले सर्बसाधारणको लागि भनेर फागुन ४ गते देखि ८ गतेसम्म आईपीओ बिक्री खुल्ला गरेको थियो । लघुवित्तको हालको चुक्ता पुँजीको प्रतिकित्ता १ सय रुपैयाँले अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो । निष्काशन गर्ने शेयरमध्ये  १३ हजार कित्ता कर्मचारी र ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष लागि छुट्याएर बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणहरुका लागि छुट्याइएको छ ।

    लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिनेछ ।गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४९ हजार ४ सय ५० जनाले मात्रै लघुवित्तको १० कित्ता शेयर पाउने छन् ।

     


    images
    images

    Logo