images
images

युनाइटेड इदी–मर्दी आरबि हाइड्रोपावरमा ३ दिनको सकारात्मक सर्किट 


  • 733
    SHARES
  • २०७८ फाल्गुण १० गते मंगलबार

    युनाइटेड इदी–मर्दी आरबि हाइड्रोपावरमा ३ दिनको सकारात्मक सर्किट 

    काठमाडौं । युनाइटेड इदी–मर्दी आरबि हाइड्रोपावरको आज तेस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ । आज सकारात्मक सर्किट लाग्दा ९.९९ प्रतिशतले बढेर ९ सय १८ अंकमा पुगेको छ । 

    हाइड्रोपावरको हिजो बजार बन्द हुदाँ ८ सय ५१ रुपैयाँ बन्द भएको थियो भने आज ८३ दशनलव ४० अंकले बढन् पुग्दा ९ सय १८ अंकका पुगेको छ । 

    यस कम्पनीमा लगानीकर्ताको आकर्षण पनि बढेको छ । लगानीकर्ताको आकर्षण बढेकाले कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । सोमबारपनि कम्पनीको शेयरमूल्य आइतबारको तुलनामा १० प्रतिशत वृद्धि भएर प्रतिकित्ता  ८ सय ३४ दशमलव ९० पुगेको थियो । कम्पनीको शेयरमा ५१ हजार ४ सय ७३ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।


    images
    images

    Logo