images
images

२५ अंकले बढ्यो नेप्से, धरै कमाउने हाइड्रोपावरका लगानीकर्ता


  • 331
    SHARES
  • २०७८ फाल्गुण ९ गते सोमबार

    २५ अंकले बढ्यो नेप्से, धरै कमाउने हाइड्रोपावरका लगानीकर्ता

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) २५.४१ अकंले बढेको छ । यस साताको दोस्रो दिन नेप्से सो बराबर बढ्न आउँदा २ हजमर ७ सय १८ दशमलव ५१ प्रतिशतले बढेको हो । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २ सय २४ कम्पनीको २ अर्ब ९९ करोड बराबरको ४९ लाख ९२ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से परिसुचक बढेपनि कारोबार रकममा भने गिराबट आएको छ । आज कारोबारमा आएका सबै परिसुचकमा हरियाली छाएको छ । आज सबै भन्दा बढी हाइड्रोपाबरका लगानीकर्ताले कमाएका छन् ।  

    शेयर बजारमा  बैंकिङ ०.९५ , होटल तथा पर्यटन १.१६ अंक, माइक्रोफाइनान्स ०.२४ प्रतिशतले  बढेको छ । निर्जीवन बीमा ०.३२, जलविद्युत २.२४ प्रतिशतले बढेको छ । विकास बैंक ०.४९, फाइनान्स १.२, उत्पादन समूह ०.९९ र जीवन बीमा समूह ०.१३ ,अन्य उपसमूह १.२५ प्रतिशत र लगानी समूह १.१२ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । शेयर बजारमा शेयर मुल्य वृद्धि हुने युनाईटेड मदी–इर्दी आर वि हाइड्रोपावर र गुरासँ लघुवित्त रहेको छ । युनाईटेड मदी–इर्दी आर वि हाइड्रोपावरको शेयर मुल्यमा १० प्रतिशतले बढेको छ भने गुरासँ लघुवित्तको करिब १० प्रतिशतले बढेको हो । 


    images
    images

    Logo