images
images

३ वाणिज्य बैंक सहित एक बीमा कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 717
    SHARES
  • २०७८ फाल्गुण ८ गते आइतबार

    ३ वाणिज्य बैंक सहित एक बीमा कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । तीन वाणिज्य बैंक सहित एक बीमा कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ  । आज नेपाल बङ्ंगलादेश बैंक, लक्ष्मी बैंक, सनराईज बैंक र गुरासँ लाईफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    नेपाल बङ्ंगलादेश बैंकको १२ प्रतिशत बोनस शेयर बराबरको १ करोड ८ लाख ५ हजार ४ सय ८३ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । लक्ष्मी बैंकको ८ प्रतिशत बोनस शेयर बराबरको ८५ लाख ५६ हजार ६ सय ५४ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    त्यस्तै, सनराईज बैंकको ६.५६ प्रतिशत बोनस शेयर बराबरको ६३ लाख ८ हजार ४ सय ८३ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ भने गुरासँ लाईफ इन्स्योरेन्सको ५.००४ बोनस शेयर बराबरको १० लाख ८३ हजार ६ सय ५४ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । 


    images
    images

    Logo