काठमाडौं । जीवन विकास लघुवित्तले आकर्षक लाभांश घोषणा गरेको छ । कम्पनीकाे शनिबार बसेको सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
साे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई यस संस्थाको साधारयासभाबाट पारित भए पश्चात वितरण हुनेछ .