images
images

राष्ट्र उत्थान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन


  • 466
    SHARES
  • २०७८ फाल्गुण ८ गते आइतबार

    राष्ट्र उत्थान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको साधारण शेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।

    फागुन ४ गते कम्पनीले ८ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको थियो । उक्त शेयरमध्ये उक्त शेयरमध्ये १३ हजार कित्ता संस्थाका कर्मचारीलाई र ४२ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि छुट्याएर बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ ।

    संस्थाका कर्मचारी र म्युचुअल फण्डका लगानीकर्ताबाहेक यो शेयर ७९ हजार ४ सय ५० जनालाई वितरण गर्न पर्याप्त हुन्छ  उक्त आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  

    नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार लगानी कर्ताको सङख्या बढी भएको हुँदा आवेदकले १० कित्ताका दरले शेयर पाउने भएकाले न्युनतम १० कित्तासम्म आवेदन दिन सकिनेछ ।


    images
    images

    Logo