images
images

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने


  • 468
    SHARES
  • २०७८ फाल्गुण ८ गते आइतबार

    समृद्धि फाइनान्सको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । समृद्धि फाइनान्सको हकप्रद शेयर आज देखि निष्कासन भएको छ । कम्पनीले निष्काशन गरेको २ः१ बराबरको हकप्रद शेयर आज देखि खुला भएको हो   ।
     
    कम्पनीले २७ करोड २९ लाख रुपैयाँ बराबरको २७ लाख २९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।उक्त हकप्रद शेयरको आवेदन  छिटोमा फागुन २९ गते बन्द हुनेछ । 

    कम्पनीले हकप्रद जारी गर्ने प्रयोजनका लागि पुष ११ गते शेयरधनी किताब खाता बन्द गरिसकेको छ । यसर्थ पुष १० गतेसम्म दोस्रो बजारमा शेयर कायम भएका शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । 

    कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ । हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट आवेदन दिनसक्ने जनाइएको छ ।


    images
    images

    Logo