काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएको छ । नेपाल इन्फ्रास्टक्चर बैंक, सिभिल बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर नेप्सेमा सुचीकृत भएको हो । उक्त ३ बैंकको गरी २ करोड ४० लाख ४६ हजार २ सय ८१ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।
इन्फ्रास्टक्चर बैंकको ८ प्रतिशत बोनस शेयर बापतको १ करोड ६० लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । सिभिल बैंकको ५ प्रतिशत बोनस शेयर बापतको ४३ लाख २१ हजार ८ सय ३० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
त्यस्तै, साइन रेसुङ्गा डेभलपमेन्ट बैंककको १०.९३ प्रतिशत बोनस शेयर बापतको ३६ लाख २५ हजार ४ सय २० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।