images
images

आईएमई जनरल इन्स्योरेन्सको हकप्रद निष्काशनको मिति तोकियो


  • 582
    SHARES
  • २०७८ फाल्गुण ५ गते बिहीबार

    आईएमई जनरल इन्स्योरेन्सको हकप्रद निष्काशनको मिति तोकियो

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनको मिति तोकेको छ । सो कम्पनीको १०ः४ अनुपातको दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

    सो  हकप्रद शेयरका लागि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म आवेदन खुला हुने भएको छ । कम्पनीले ४६ करोड ३० लाख रुपैयाँ बराबरको ४६ लाख ३० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

    माघ २८ गतेसम्म दोस्रो बजारमा शेयर कायम भएका शेयरधनीहरुले उक्त हकप्रद शेयर निष्कासनका लागि योग्य हुनेछन् ।

    हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट समेत आवेदन दिनसक्ने जनाइएको छ ।


    images
    images

    Logo