काठमाडौं । इमर्जिङ नेपालको साधारण शेयर (आईपीओ) बाँडफाँट गरेको छ । आइपीओ आवेदन दिएकोमध्ये ५१ हजार ६ सय ७० जनाले शेयर पाएका छन् ।शेयर परेकाे मध्ये ५१ हजार ५ सय ६२ जनालाई १० कित्ताका दरले शेयर परेको छ भने ८ जनालाई ११ कित्ताका दरले शेयर बाँडफाँट भएको हो ।
यस इमर्जिङ नेपालको आइपीओ बाडँफाडँ भएको एनआइसी एसिया क्यापिटल जानकारी गराएको हो । २३ लाख ३१ हजार २ सय ५८ जना लगानीकर्ताले आवेदन दिएकोमा २३ लाख २८ हजार ७ सय ६ जनाको आवेदन सदर भएको हो ।
आज भएको गोला प्रथामा ८ नम्बरको गोला आएको थियो । सो आधारमा आईपीओ बाँडफाँट भएको हो ।