काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार उतारचढाव बीच १९.८४ अंकले घट्दा २ हजार ७ सय ३४ दशमलव ४४ अंकमा पुगेको छ । बजारमा कारोबारका आएका २ सय ३१ कम्पनीको शेयर कारोबार हुँदा ३ अर्ब २ करोड बराबरको ५६ लाख ५२ हजार कित्ता बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ कम्पनीको कारोबार हुदाँ जीवन बिमा र अन्य कम्पनी बाहेक ११ समुहको परिसुचक राताम्मे भएका छन् भने जीवन बिमाको ०.१४ अंकले बढेको छ भने अन्य कम्पनीको ०.४४ अंकले बढेको हो ।