images
images

राष्ट्र उत्थान लघुवित्तको साढे ८ करोडको आईपीओ आजदेखि 


  • 840
    SHARES
  • २०७८ फाल्गुण ४ गते बुधबार

    राष्ट्र उत्थान लघुवित्तको साढे ८ करोडको आईपीओ आजदेखि 

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले आईपीओ आजदेखि खुल्दैछ । लघुवित्तले ८ लाख ५० हजार कित्ता साधारण शेयरका लागि बुधबारदेखि आवेदन खुला हुन लागेको हो । 

    उक्त शेयरमध्ये १३ हजार कित्ता संस्थाका कर्मचारीलाई र ४२ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि छुट्याएर बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ ।

    संस्थाका कर्मचारी र म्युचुअल फण्डका लगानीकर्ताबाहेक यो शेयर ७९ हजार ४ सय ५० जनालाई वितरण गर्न पर्याप्त हुन्छ । सो शेयरको आवेदन फागुन ८ गते बन्द हुनेछ । इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् ।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । उक्त आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

    आजबाट आईपीओ जारी गर्ने राष्ट्र उत्थान लघुवित्तको  पुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ । सर्वसाधारण तथा कर्मचारीलाई अहिले जारी हुन लागेको ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री भएपछि यसको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ ।


    images
    images

    Logo