images
images

नेपाल इन्भेष्टमेन्ट बैंकसहित ४ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 768
    SHARES
  • २०७८ फाल्गुण ३ गते मंगलबार

    नेपाल इन्भेष्टमेन्ट बैंकसहित ४ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ वटा कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, महिला लघुवित्त र सिभिल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको हो । 

    नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६११ प्रतिशत बोनस शेयर वापतको २करोड ५ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, मेरो माइक्रोफाइनान्सको २० प्रतिशत बोनस शेयर बापतको २० लाख कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । 

    महिला लघुवित्तको ४७ प्रतिशत बोनस सेयर बापतको ४ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, सिभिल लघुवित्तको १९ प्रतिशत बोनस शेयर बापदको ४ लाख ६० हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । 

    सबै कम्पनीको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । 


    images
    images

    Logo