काठमाडौं ।आज शेयर बजारमा ६ कम्पनीको शेयर मुल्यमा सर्वाधिक कारोबार भएको छ । न्यादी हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, कालिका पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर र सिनर्जी पावर ड्रेभलपमेन्टको शेयर मुल्य वृद्धि भएको हो ।
आज न्यादी हाइड्रोपावरको शेयर १० प्रतिशतले वृद्धि भई ४ सय ८९ दशमलव ५० रुपैयाँ पुगेको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको ७.७५ प्रतिशतले वृद्धि भई ६ सय रुपैयाँ पुगेको छ । हिमालयन उर्जा विकास कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भई ५ सय २० रुपैयाँ पुगेको छ ।
कालिका पावर कम्पनीको शेयर ७.६५ प्रतिशतले वृद्धि भई ४ सय ४९ रुपैयाँ पुगेको छ । छ्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर ७.६१ प्रतिशतले वृद्धि भई ४ सय ९५ रुपैयाँ पुगेको छ । सिनर्जी पावर ड्रेभलपमेन्टको शेयर ७.४८ प्रतिशतले वृद्धि भई ५ सय ३ रुपैयाँ पुगेको छ ।




