images
images

लगातार उतारचढाव बीच झिनो अंकले बढ्यो नेप्से 


  • 586
    SHARES
  • २०७८ फाल्गुण २ गते सोमबार

    लगातार उतारचढाव बीच झिनो अंकले बढ्यो नेप्से 

    काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा १०१ अंकले पहिरो गएको नेप्से सोमबार भने सम्हालिएको छ । यसको कारण आज शेयर बजारमा लगातार उतारचढाव आएको हो ।

    सोमबार शेयर बजारका लगातार उतारचढाव बीच नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ०.०८ अंकले बढेको छ । साताको दोस्रो दिन नेप्से सो बराबर बढ्न आउदाँ २ हजार ७ सय प्रतिशतले बढेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार २ सय २७ कम्पनीको ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको ७५ लाख ४९ हजार कित्ता किनबेच भएको छ ।

    तर आइतबारको तुलनामा कारोबार रकम भने गिराबट आएको हो । हिजो नेप्सेमा १०१ अंकको गिराबटमा पनि ५ अर्ब ९७ करोड माथि कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ परिसुचक मध्ये ५ राताम्मे भएका छन् भने ८ परिसुचकमा हरियाली छाएको छ । 


    images
    images

    Logo