काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको ४१ प्रतिशत बोनस शेयर सुचिकृत भएको छ । कोनस शेयर सुचिकृत हुने कम्पनीमा ज्योती विकास बैंक र नेपाल ल्युब आयल लिमिटेड रहेका छन् ।
ज्योती विकास बैंकको ११ प्रतिशत बोनस शेयर वापतको ४२ लाख २९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, नेपाल ल्युब आयल लिमिटेडको ३० प्रतिशत बोनस शेयर वापतको ९० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यी कम्पनीको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।