काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको करिब २ करोड कित्ता बोनस शेयर सुचिकृत भएको छ । बैंक अफ काठमाण्डू, हिमालयन डिस्टिलरी लिमिटेड र लुम्बिनी विकास बैंकको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यसमध्ये बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर वापत ९६ लाख ५८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
त्यस्तै, हिमालयन डिस्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस शेयर बापदको ६५ लाख ७ हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।
लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस सेयर बापतको ३७ लाख ७८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
सबै कम्पनीको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।