images
images

शेयर बजारमा १०० अंक बढीको गिरावट, नघट्ने कम्पनी एउटा मात्रै


  • 666
    SHARES
  • २०७८ फाल्गुण १ गते आइतबार

    शेयर बजारमा १०० अंक बढीको गिरावट, नघट्ने कम्पनी एउटा मात्रै

    काठमाडौं । आइतबारको शेयर बजारमा १०० अंक बढीको पहिरो गएको छ । बजार खुलेदेखि नै घटेको बजार बन्द हुँदासम्म १ सय १ दशमलव २४ अंकले घटेर २ हजार ७ सय दशमलव ३२ अंकमा झरेर रोकिएको हो । आज बजारमा ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । 

    आज शेयर बजारमा कारोबार भएका १ सय ९१ कम्पनीमध्ये कुनै पनि कम्पनीको मूल्य बढेको छैन । १ सय ९० कम्पनीको मूल्य घट्दा स्वाभिमान लघुवित्तको नाफा मात्रै बढेको छ । 

    आज बजारमा सबैभन्दा बढी गिरावट हाइड्रो तथा लगानी समूहमा देखिएको छ । सो क्षेत्रका उपसूचकहरु ५ प्रतिशत भन्दा धेरैले घटेको छ । विकास बैंक फाइनान्स र निर्जीवन बीमा क्षेत्र पनि ४ प्रतिशत भन्दा धेरैले घटेको छ । म्युचुअल फण्ड समुहको सूचक भने १ प्रतिशत भन्दा कमले मात्रै घटेको छ । 
    फागुन १ गतेदेखि लागु हुनेगरी बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि शेयर बजारमा गिरावट आएको हो । शुक्रबार मात्रै बैंकर्स संघले ब्याजदरको सीमा बढाउने निर्णय गरेको थियो । 


    images
    images

    Logo