images
images

बैंकको ब्याजदर बढेपछि शेयर बजारमा पहिरो


  • 663
    SHARES
  • २०७८ फाल्गुण १ गते आइतबार

    बैंकको ब्याजदर बढेपछि शेयर बजारमा पहिरो

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर बढाएपछि यसको असर शेयर बजारमा देखिएको छ । आइतबार कारोबार खुलेदेखि नै शेयर बजारमा उच्च गिरावट आएको हो । 

    ११ बजेदेखि कारोबार खुलेको बजारमा सुरुको ८ मिनेटमा ७३.१३ अंकको पहिरो गएको छ । यो समाचार तयार गर्दा नेप्से घटेर २ हजार ७ सय २८ दशमलव ४३ अंकका सिमित भएको छ । 

    आज शेयर बजारमा १ सय ३६ कम्पनीको शेयर कारोबार हुदाँ १ सय ३१ शेयर बजार घटेको छ भने ३ कम्पनीको मूल्य मात्रै बढेको छ ।


    images
    images

    Logo