काठमाडौं । इमर्जिङ्ग नेपालको साधारण शेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।
माघ २६ गते कम्पनीले ५ लाख ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको थियो । साे शेयर १० कित्ताका दरले वितरण गर्दा ५५ हजार ५ सय जनाकाे लागि वितरण गर्न पर्याप्त हुनेछ ।
निष्काशन गरेको शेयरमध्ये ११ हजार १ सय १२ कित्ता कर्मचारीका लागि र २७ हजार ७ सय कित्ता सामूहिक लागनी कोषका लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ ।
आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धकमा रहेको छ ।
नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार लगानी कर्ताको सङख्या बढी भएको हुँदा आवेदकले १० कित्ताका दरले शेयर पाउने भएकाले न्युनतम १० कित्तासम्म आवेदन दिन सकिनेछ ।



