images
images

एचआईडीसीएलको करिब साढे ३ करोड कित्ता शेयरको लिलामी खुल्यो


  • 701
    SHARES
  • २०७८ फाल्गुण १ गते आइतबार

    एचआईडीसीएलको करिब साढे ३ करोड कित्ता शेयरको लिलामी खुल्यो

    काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को ३ करोड ३० लाख कित्ता संस्थापक शेयरको लिलाम बिक्री आजदेखि खुलेको छ । 

    सो शेयरका लागि न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सकिनेछ । बढीमा भने  १० ले भाग जाने अधिकतम ३ करोड ३० लाख कित्तासम्म शेयरका लागि आवेदन दिन सकिन्छ । 

    एचआईडीसीएलले यसअघि १ः१ बराबर हुनेगरी हकप्रद शेयर निष्कासन गरेको थियो । उक्त निष्कासनमा आवेदन नपरेका शेयरका लागि कम्पनीले लिलामीमार्फत् बिक्री गर्न लागेको हो 

    पहिलो पटक लिलामी खुलाउँदा सो कम्पनीले कम्तीमा १ करोड कित्ताका लागि आवेदन माग गरेको थियो । तर, सो शेयर बिक्री नभएपछि सीमालाई घटाएर १ सयमा झारेको हो । 

    सो आवेदन ग्लोबल आईएमई क्यापिटल र ग्लोबल आईएमई बैंकका तोकिएका शाखाबाट दिन सकिने छ ।


    images
    images

    Logo