images
images

साताको शेयर बजारः ३९ खर्ब भन्दाको माथि बजार पूँजीकरण


  • 536
    SHARES
  • २०७८ माघ २८ गते शुक्रबार

    साताको शेयर बजारः ३९ खर्ब भन्दाको माथि बजार पूँजीकरण

    काठमाडौँ । शेयर बजारमा यो साता नेप्सेमा गिरावट आएको छ ।  यो साताको बजार पूँजीकरण ३९ खर्ब ५९ अर्ब ६४ करोड रुपैयाँमा सिमित भएको हो । यस साताको बजार ५ दिन शेयर बजार कारोवार भएको थियो जो मध्य ४ दिन घटेको शेयर बजारमा १ दिन मात्र बढेको थियो । यस साता गिरावट आउदाँ २ हजार ८ सय १ दशमलब ५६ विन्दुमा पुगेको छ । अघिल्लो साता १ सय ६ दशमलव ८२ अंकले बढेको छ ।  

    साताको पहिलो कारोबारको दिन आइतबार नै नेप्से परिसूचकमा गिरावट आएको थियो । आइतबार नेप्से ४०.५७ अंक घटेर २ हजार ८ सय ३६ दशमलव१७ विन्दुमा पुगेको थियो । आइतबार कारोबारमा आएका २ सय २८ कम्पनीको ५ अर्ब ८३ करोड  रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

    आइतबार नेप्से ४०.५७ अंक घटेको नेप्से सोमबार १५.६९ अंकले बढेर २ हजार ८ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको थियो भने  मंगलबार नेप्से परिसूचक १६.३० अंक घटेर २ हजार ८ सय ३५ दशमलव ५८ विन्दुमा झरेको थियो । नेप्से परिसूचक बुधबार २२.११ अंक घटेर २ हजार ८ सय १३ दशमलव ४७ विन्दुमा पुगेको हो ।  

    साताको अन्तिम  दिन बिहीबार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८ सय १ दशमलव ५६ विन्दुमा पुगेको हो ।  कारोबारमा आएका २२७ कम्पनीको  ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने  वृद्धि भएको छ । 

     


    images
    images

    Logo