काठमाडौं । बलेफी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्दैछ । सो हाइड्रोपावरले प्रसारण लाइन क्षेत्रका प्रभावित एवं स्थानीयवासीका लागि बलेफीले १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
उक्त शेयरमध्ये आयोजना निर्माणस्थल सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २, ३ र ४ का स्थानीयवासीका लागि ६० प्रतिशत र जुगल गाउँपालिकाकै वडा नं ५ र ७ तथा बफेली गाउँपालिकाके वडा नं १, ३, ६ र ७ का प्रसारण लाइन प्रभावित ४० प्रतिशत समेत गरी उक्त शेयर बिक्री हुनेछ ।
हाइड्रोपावरले निष्काशन गर्न लागेको १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर प्रतिव्यक्ती १० कित्ताका दरले वितरण गर्दा १ लाख ८२ हजार ७ सय ९७ जनालाई वितरण गर्न पर्याप्त हुनेछ ।
सो शेयरको आवेदन फागुन १२ गतेसम्म र ढिलोमा फागुन २७ गतेसम्म खुला रहने छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
यो कम्पनीले सिन्धुपाल्चोकमा ३६ मेगावाटको आयोजना निर्माण गर्दैछ । यसको प्रतिमेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ रहेको छ जुन औसत मूल्य बराबर नै हो । यो आयोजनाको पेब्याक पिरियड ७.५४ वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड १४.१० वर्ष रहेको छ ।



