images
images

रावा इनर्जी डेभलपमेन्टले करिब ४ लाख कित्ता आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त


  • 444
    SHARES
  • २०७८ माघ २६ गते बुधबार

    रावा इनर्जी डेभलपमेन्टले करिब ४ लाख कित्ता आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं । रावा इनर्जी डेभलपमेन्टले  ३ लाख ९९ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको छ । आईपीओ निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ माघ २६ गते बुधबार सम्पन्न भयो । सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष बद्री प्रसाद गौतम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेज्यूले हस्ताक्षर गरेका छन् । 

    कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरीरहेको छ । ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ । 

    कम्पनीले हाल कायम जारी पूँजी २० करोड रुपैयाँ मध्ये स्थानीयका लागि १० प्रतिशत वापत २ करोड बराबरको २ लाख कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि  १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । 

     


    images
    images

    Logo