काठमाडौं । इमर्जिङ्ग नेपालको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको ५ लाख ५५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन गरेको शेयरमध्ये ११ हजार १ सय १२ कित्ता कर्मचारीका लागि र २७ हजार ७ सय कित्ता सामूहिक लागनी कोषका लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको ५ लाख १६ हजार कित्ता शेयर प्रतिव्यक्ती १० कित्ताका दरले वितरण गर्दा ५१ हजार ६ सय जनालाई वितरण गर्न पर्याप्त हुन्छ । सो शेयरको आवेदन फागुन १ गते बन्द हुनेछ । इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् ।
आजबाट आईपीओ जारी गर्ने इमर्जिङ नेपालको पुँजी ५० करोड ४० हजार रुपैयाँ रहेको छ । सर्वसाधारण तथा कर्मचारीलाई अहिले जारी हुन लागेको ५ करोड ५५ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री भएपछि यसको चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।



