images
images

जाल्पा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कतिले दिए आवेदन ?


  • 475
    SHARES
  • २०७८ माघ २५ गते मंगलबार

    जाल्पा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कतिले दिए आवेदन ?

    काठमाडौं । जाल्पा लघुवित्तको साधारण शेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।

    माघ २१ गते कम्पनीले ५ लाख २२ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।

    उक्त शेयरमध्ये ८ हजार कित्ता कर्मचारी र २६ हजार १ सय कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    सोमबार बेलुकासम्म २२ लाख १४ हजार ९ सय १९ जना लगानीकर्ताले २ अर्ब ७२ करोड ५७ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ७२ लाख ५७ हजार ७० कित्तामा आवेदन दिएको सीडीएसले जनाएको छ ।

    नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार लगानी कर्ताको सङख्या बढी भएको हुँदा आवेदकले १० कित्ताका दरले शेयर पाउने भएकाले न्युनतम १० कित्तासम्म आवेदन दिन सकिनेछ ।


    images
    images

    Logo