images
images

३ कम्पनीको शेयर मूल्य समायोजन आज, कति पुग्यो नयाँ मुल्य


  • 603
    SHARES
  • २०७८ माघ २३ गते आइतबार

    ३ कम्पनीको शेयर मूल्य समायोजन आज, कति पुग्यो नयाँ मुल्य

    काठमाडौं । आज  नेप्सेमा सचीकृत ३  कम्पनीको शेयर मुल्य समायोजन भएको छ । नेप्सेमा सचीकृत ज्योती लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र जानकी फाइनान्सको शेयर मुल्य आज समायोजन भएको हो । 

    ज्योती लाइफ इन्स्योरेन्सले घोषणा गरेको १० प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन भएको हो । सो कम्पनीकोको शेयर मुल्य ७ सय १५ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा १० प्रतिशत बोनस शेयर पछि ज्योती लाइफ इन्स्योरेन्सको शेयर मुल्य ६ सय ५० रुपैयाँमा समायोजन भएको हो । 

    त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले घोषणा गरेको २० प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन भएको हो । आइतबार सो कम्पनीकोको शेयर मुल्य २ हजार ३ सय ३२ रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा २० प्रतिशत बोनस शेयर पछि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मुल्य १ हजार ९ सय ४३  दशमलव ३३ रुपैयाँमा समायोजन भएको हो । 

    जानकी फाइनान्सले घोषणा गरेको १५  प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन भएको हो ।  आइतबारबार सो कम्पनीकोको शेयर मुल्य ६ सय ७७ दशमलव १० रुपैयाँमा अन्तिम कारोवार भएको थियो । सो मुल्यको आधारमा १५  प्रतिशत बोनस शेयर पछि जानकी फाइनान्सको शेयर मुल्य ५ सय ८८ दशमलव ७८ रुपैयाँमा समायोजन भएको हो । 

    आज समायोजन भएको मूल्यका आधारमा सोमबार कारोबार खुल्नेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo