काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ४०.५७ अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सो बराबर घट्दा २ हजार ८ सय ३६ दशमलब १७ अंकले गिराबट आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज अनुसार आइतबार २ सय २८ कम्पनीको ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता शेयर किनबेच भएको छ । आज सुचकसँग कारोबार रकममा गिराबट आएको छ । आज कारोबारमा आएका सबै परिसुचक राताम्मे भएका छन् ।
आज दिनैभरिमा २ सय २८ कम्पनीको शेयर किनबेच भएकोमा १३ कम्पनीको शेयर मुल्य बढेको छ । ३ कम्पनीको शेयर मुल्य बराबर भएका छन् भने बाँकी रहेका अरु सबै कम्पनी घटेका छन् ।